बीरगंज ३१ भदौ ।
पर्साको जिराभवानी गांउपालिकामा जनप्रतिनिधिको विवादले बैंकको शाखा विस्तारमा समस्या भएको छ । एनआईसी एशिया बैंकले शाखाको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेकोमा जनप्रतिनिधिहरुको विवादका कारण बैकको उद्घाटन हुन नसकेको स्थानिय वासिन्दाले बताएका छन । जनप्रतिनिधिहरुले आ आफ्नो नजिकको ब्यक्तिको घरमा मात्रै बैक संचालन गर्ने कुरामा अडान लिएपछि उद्घाटन हुन नसकेको एनआईसी एशिया बैंकका शाखा प्रमुख फिरोज अंसारीले जानकारी दिनुभयो । बैकले बैंकिङ्ग कारोबारका लागि सम्पूर्ण तैयारी पूरा गरि सकेको भएतापनि जनप्रतिनिधिको विवादले उद्घाटन हुन नसकेको शाखा प्रमुख अंसारीले बताउनुभयो । आफूहरुले जनप्रतिनिधिहरुको निर्देशन अनुसार काम गर्न नसक्ने र बैकको निर्देशन अनुसार सेवाग्राहीलाई सेवा दिने उदेश्यका साथ जिराभवानी गाउँपालिकाको सेढवामा बैंकको स्थापना गर्न लागेकोमा राजनीतिक दलका प्रतिनिधिहरुले अप्ठ्यारो पारेको अंसारीले बताउनु भयो । बैंकले शाखा संचालनका लागि दुई महिना अगाडी देखि वडा नम्बर २ सेढवा निवासी रामनारायण प्रसादको घर भाडामा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय