बीरगंज ६ असोज ।
भारतको रक्सौलबाट भन्सार छली नेपाल तर्फ भित्रयांउदै गरेको अवस्थामा साढे दुई लाख बराबरको जुता चप्पल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ४० वर्षिय मुन्ना मिया र २५ बर्षिय सन्तोष कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका १० अशोकवाटिकाबाट भन्सार छली गरी नेपाल भित्रयाउदै गरेको अवस्थामा जुता चप्पल बरामद गरेको हो । टाउकोमा बोकी ल्याउदै गरेको अवस्थामा जेन्स जुत्ता ४ सय ४५ पिस, सेन्डिल १ सय ६८ पिस र चप्पल ४० जोर अन्दाजी २ लाख ६१ हजार बराबरको जुत्ता चप्पल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मिया र साह सहित बरामद गरिएको जुता चप्पल आवश्यक अनुसन्धानको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यसैगरी भन्सार छलेर भारतको रक्सौलबाट नेपाल तर्फ भित्रयाईरहेको अवस्थामा विभिन्न मिति समयमा बरामद गरेको ४ लाख ९८ हजार ७ सय ६० मुल्य बराबरको सामानहरु वीरगन्ज भन्सारमा बुझाएको छ । कुर्ता, सुरुवाल, साडी, सर्ट, सर्टिङ्ग, सुटिङ्गका कपडा र सुर्ती लगायतका सामानहरु भंसारमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय