काठमाडौँ ,१६ असोज ।
एसिड आक्रमण पिडित मुस्कान संग प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव आज पनि भेटेका छन । काठमाण्डौको कीर्तिपुर अस्पताल उपचार गराई रहेकी मुस्कान संग निरन्तर भेट गरे जस्तै बिहिबार विहान भेट गरी अवस्था बारे जानकारी लिएका छन । उपचारमा संलग्न चिकित्सकहरु संग मुस्कानको अवस्था बारे सांसद जानकारी समेत लिएका हुन ।
सांसद यादवका अनुसार मुस्कानको अवस्थामा क्रमिक सुधार हुदै गएको र अवस्था सामान्य पनि हुने उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन । । एसिड प्रहारबाट गम्भीर घाईते मुस्कानको अवस्था बारे जानकारी लिन र आवश्यक सहयोग गर्न सांसद यादव अस्पताल पुगि रहन्छन । मुस्कान अस्पताल भर्ना भएको आज २७ औ दिन पुगेको छ ।
येस्तै देश र देश बाहिर बाट मुस्कान का लागि संदेश र हौसला बढाउने सुभकामना हरु आउने क्रम निरन्तर जारि रहेको र सोहि बीच हिन्दि चलचित्र का महानायक अमिताभ बच्चन ,अभिनेता वरुण धावन, अभिनेत्री कृतित सेनोन नेपाली गायक राजु लामा लगायतका कलाकारहरु पनि निरन्तर सहयोग मा जुटेका छन् |

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय