राम कुशवाहा
वीरगंज १७ असोज ।
पर्सा प्रहरीले वीरगंज महानगरपालिकाको विभिन्न ठाउबाट मोबाईल चोरीमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं ३ का गौरी शंकर यादव, वीरगंज महानगरपालिका वडा १७ बस्ने मनोज राम हरिजन, वीरगंज महानगरपालिका वडा नं १४ बस्ने जमसेद अंसारी र भारत जिल्ला बिहार पूवी चम्पारणका बिक्रम पटेल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनाको साथ बाट भारतिय र नेपाली रुपया नगद बरामद गर्नुका साथै १७ ओटा विभिन्न कम्पनीका मोबाईल बरामद भएको पर्सा प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।पक्राउ परेका चारैजनालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरीको हिरासतमा राखिएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय