बीरगंज ४ कार्तिक ।
प्रदेश २ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलले जातिय र मौलिक पहिचानलाई कायम गर्दै जातिय उत्थानका लागी सम्पुर्ण सोनार जाती संगठित हुनुपर्ने बताउनु भएको छ । दिपावली एवं छठ पर्वको अवशरमा नेपाल सोनार समाज पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्रि सोनलले भौतिक निमार्ण संगै शिक्षामा समेत जोड दिनुभयो । वहांले लोकतन्त्रप्रति प्रहार भईरहेकोले यसको विरुद्धमा लाग्ने षडयन्त्रकारी प्रति सजग हुन आग्रह गर्नुभयो । समाजका अध्यक्ष भुलन सर्राफको सभापतित्वमा भएको कार्यक्रममा राजपाका सचेतक परमेश्वर प्रसाद साह, नेपाल सुनचांदी व्यवसायी संघका केन्द्रिय सदस्य एवं पर्साका अध्यक्ष निरज सर्राफ, ठाकुरराम क्यापसका प्रमुख डाक्टर प्रमोद कुश्वाहा, भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफ, परवेज सर्राफ लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रममा सोनार समाजमा लामो समयदेखी सक्रिय रहेका ब्यतmीत्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय