वीरगञ्ज, कात्तिक ९
मुनलाईट सेकेण्डरी स्कुलको आयोजनामा आज वीरगंजको भगवति टोलमा ज्येष्ठ नागरीक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भगवति युवा क्लबको सहयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउतले अहिलेको परिवेशमा ज्येष्ठ नागरीकलाई बृद्धाआश्रममा राख्ने तथा अवहेलना गर्ने प्रवृति बढी रहेको बेला यस किसिमका कार्यक्रमको आयोजना गरेकोमा सह्राना गर्नुभयो । साथै ज्येष्ठ नागरीकबाट धेरै अनुभव हरु सिक्न सकिने हुँदा ज्येष्ठ नागरीकले सिकाएको ज्ञान अन्य पुस्तकमा नपाउने बताउनुभयो । कार्यक्रम भएको बिर्ता मन्दिरको स्वामितवमा रहेको करिब सवा २ कट्ठा जमिनमा बहुउपयोगी आधुनिक भवन निर्माण गर्ने दृृढता समेत मुख्यमन्त्रि राउतले व्यक्त गर्नुभयो । विद्यालयका प्रिन्सिल श्याम केसिको सभातित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादब, सिहाँसन साह कलवार, प्रहलाद गिरी, समाजवादी पार्टी पर्साका अधयक्ष रामनरेश यादब, सचिब तवरेज अहमद, समाजसेवी पशुपति बिक्रम शाह, दिब्यलक्ष्मी शाक्य, वीरगंज महानगरपालिका वडा न. ४ का अध्यक्ष जगत साह कानु, ५ का अध्यक्ष प्रदिप चौरासिया, वीरगंज युवा समाजका अधयक्ष कमल चौगाई ,भगवती युवा क्लकका अध्यक्ष संजय श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण सन्चारकर्मी उज्जवल घिमिरेले गर्नुभएको थियो । ज्येष्ठ नागरीकको अनुभवलाई अनुसरण गर्न सके समाजलाई रुपन्तरण गर्न सहज हुने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रबन्ध निर्देशक सुलभ केसीले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times