पोखरिया , कार्तिक ९ गते ।
पकहा मैनपुर गाउपालिकाको तेश्रो गाउ सभा सम्पन भएको छ । शुक्रवार साझ विभिन्न १६ वटा विधेयक तथा २० वटा प्रस्ताव पारित गर्दै गाउ परिषद सम्पन भएको हो । तेश्रो गाउपरिषदले आर्थिक वर्ष २०७६÷७७ को लागि ३३ करोड ९ लाख ५८ हजारको बजेट पारित गरेको छ । गांउ सभामा प्रस्तुत सबै विधेयक तथा प्रस्ताव उपस्थित बहुमत सदस्यले सर्व सम्मतबाट पास गर्नु भएको गाउपालिकाका अध्यक्ष बिजय चौरसियाले बताउनु भयो ।
गांउ सभामा प्रस्तुत विधेयक र प्रस्तावमाथी दफावार छलफल भई निर्णयार्थ पेश भएकोमा सर्वसम्मत बाट पास भएको थियो । गाउपालिकाले अर्थ सम्बन्धी विधेयक २०७६ , विनयोजन विधेयक २०७६ , कानुन तर्जुमा तथा व्यवस्था गर्न बनेको विधेयक , प्रशासकिय कार्यविधी , ७६ , यसैगरि सहकारी ,कृर्षी , स्वास्थय, र शिक्षा विधेयक ७६ पारित भएको छ । यसैगरि परिषदले विगतका वर्षमा काम नभएका योजनाहरुलाई रद गरि निर्माण सम्पन भएका योजनाहरुको भ३गतानी गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत शुनिल चौरसियाले बताउनु भयो ।
परिषदले भौतिक पूर्वाधार , कृषी , उत्पादन र समाजिक विकाशलाई प्राथमिक्तामा राखी योजना निर्धारण भएको कार्यपालिका सदस्य वडा नम्बर १ का अध्यक्ष अमिरका सहनीले जानकारी दिनु भयो । बहुमत सदस्यको उपस्थितीमा सर्वसम्मत रुपमा परिषद सम्पन भएको सहनीले बताउनु भयो । लामो समय देखि बाधित हुदै आएको परिषद सर्वसम्मत सम्पन हुदा रोकिएको सबैकाम धमाधम सुचारू हुने अध्यक्ष चौरसियाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय