पोखरिया, मंसिर २४ गते ।
पोखरिया नगरपालिकाको समग्र विकाशको लागि काठमाण्डौ गएको सर्वदलिय टोलीले आज शहरी विकाश मन्त्रालयममा पुगी स्मार्ट सिटीको योजनाबारे छलफल गरेको छ । पोखरिया नगरपालिका प्रमुख दिपनरायण रौनियारले शहरी विकाश मन्त्री इस्तयाक राइनलाई पोखरियामा गएको स्मार्ट सिटी योजनाको बजेट रोकिएको बारे अवगत गराउनु भयो । डिपीआर समेत भइसकेको स्मार्ट सिटी परियोजनाको बजेट रोकियोको टोलीले मन्त्रीलाई जानकारी गराएको थियो । पोखरियाको स्मार्ट सिटी परियोजनाको बजेट अर्थमन्त्रालयमा गएर अडकीएको शहरी विकाश मन्त्री इस्तयाक राईनले बताउनु भयो । उहाले पोखरियाको विकाशकोलागि आफु तत्पर रहेको र माघ महिना सम्ममा स्मार्ट सिटी परियोजना अन्तर्गतको बजेट पठाउने बताउनु भयो । उहाले आफनो मन्त्रालय अन्तर्गत ३० करोडको अर्को योजना पनि पोखरियामा पठाउने बताउनु भयो । मन्त्री इस्तयाक राइनलाई पोखरियाको विषयमा अवगत गराउने टोलीमा समाजवादी पार्टीका सांसद प्रदिप यादव , प्रदेश सांसद प्रहलाद गिरी , संविधान सभा सदस्य राजकुमार गुप्ता, विचारी यादव , प्रदुमन चौहान , राजपा नेता नेजामुदिन समानी , बद्री चौरसिया , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी तथा पोखरिया नगरपालिका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । पोखरियाबाट गएको टोलीले भोली अर्थमन्त्रालयमा पुगेर राकिएको बजेटबारे छलफल गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय