बीरगंज ८ पुष ।
पर्साको सखुवाप्रसौनी गाउपालिकाले आज ६ वटा स्वास्थ्य शाखाबाट गर्भवति महिला जाच गराउने महलिाहरुलाई मेडिकेट झुल १ थान, आयोनुन १ थान र गर्भवतिले खाने क्यालसियम चक्की निशुल्क बितरण कार्यक्रम आज देखी शुरु भएको छ । आज एक समारोहका बिच सखुवाप्रसौनी गाउपालिकाका अध्यक्ष प्रदिप जयसवालले स्वास्थ्चौकी महुअवनबाट गर्भवति महिलाहरुलाई बितरण गरी शुभारम्भ गर्नु भएको हो । गर्भवति तथा गर्भमा रहेका बच्चालाई आवश्यक पोषण पाउनुको साथै लामखुटेको टोकाईबाट गर्भवति तथा बच्चालाई सुरक्षित राख्न मदत पुग्ने स्वास्थ्य शाखाका संयोजक राजेश रौनियारले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय