बीरगंज २३ पुस ।
पर्सा राष्ट्रिय निकुन्जमा वन्यजन्तुले पिउने पानीको अभाव भए पछि कृत्रिम पोखरी खनेर ट्याकींबाट पानी आपुर्ति गरिएको छ । बारा,पर्सा र मकवानपुरमा फैलिएको निकुञ्ज चुरेभाँवर क्षेत्रमा पर्ने भएकोले हिउँद याममा पानी नपर्दा जंगली जनावरलाई पिउने पानीको अभाव भएको राष्ट्रिय निकुञ्जले जनाएको छ । हाल पर्सा राष्ट्रिय निकुञ्ज भित्र ८० भन्दा बढी कृत्रिम पोखरी खनेर निकुन्जमा रहेका वन्यजन्तुका लागी पिउने पानीको व्यवस्था मिलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले बताउनु भयो । वि.स. २०४१ सालमा पर्सा वनजन्तु आरक्ष घोषणा भएको वारा, पर्सा, रौतहट र मकवानपुरको बनक्षेत्र २०७३ सालमा निकुञ्जमा स्तरउन्नति भएको छ । ६ सय २७ वर्गकिलोमिटर फैलिएको निकुञ्जमा बाघ १८,गैडा ७,गौरी गाई ५,हात्ती ५० भन्दा बढी, निल गाई २ सय भन्दा बढी रहेका छन । त्यसैगरी यस निकुञ्जमा बदेल, चितल, हरिण लगायतका वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय