बीरगंज ७ माघ ।
भारतको आदापुरबाट वाराको मटिअर्वा भन्सार नाका हुदै अवैध रुपमा राजस्व छलेर नेपाल भित्र्याईएको ८ लाख मुल्य बराबरको ८ सय १० थान कम्बल सशस्त्र प्रहरीले बरामद गरेको छ । गएराति भारतीय एचआर ६९ बी ७५५८ नम्बरको मालबाहक ट्रक मार्फत भित्र्याईएको कम्बल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बीरगंज भन्सार कार्यालय राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको मटिअर्वा पोष्टका सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको नेतृत्वमा खटिएको टोलीले कम्बल सहितको ट्रक नियन्त्रणमा लिएको थियो । उक्त कम्बल भारतको हरियाणा स्थित के.वि.एल. टे«डर्सले काठमाण्डौ स्थित एक व्यापारीलाई पठाएको बिलमा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । ट्रक सहित कम्बलको मुल्य १८ हजार कायम गरी बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय