राम कुशवाहा
वीरगंज ४ फागुन ।
पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले व्यापक रुपमा चल्लाको तस्करी भईरहेको पाईएको छ । तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला मोटरसाईकलमा लोड गरी सिमा नाकामा खटेका प्रहरीहरुकै सहयोगमा नेपालतर्फ भित्रियाईरहेका छन । तस्करहरुले वीरगंज महानगरपालिकाको अलौ र कोनियाको नाका हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन भने मरिच केराउ र छोकडा साईकल र मोटरसाईकलमा लोड गरी नेपाल बाट भारत तर्फ ओसार पोसार गरिरहेका छन । शनिबार राती शसस्त्र सिमा सुरक्षा बल चिनिमिल बाट खटेको शसस्त्र प्रहरीका घुमुवाहरुले भारतबाट ४ ओटा मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी नेपाल तर्फ आईरहेको चल्ला बोकेको मोटरसाईकल कोनियाबाट नियन्त्रणमा लिएपनि एउटा मोटरसाईकल र २ हजार चल्ला नियन्त्रणमा लिएर अन्य ३ ओटा मोटरसाईकल र ६ हजार चल्ला आर्थिक लेनदेन गरी छाडिदिएको खबर प्राप्त भएको छ ।कोनिया र अलौको नाकाबाट चल्लाको तस्करी गर्ने अनुप र नरेश भन्नेले प्रहरी चौकी अलौका सई प्रकाश बहादुर रावत र शसस्त्र प्रहरी अलौ बेस क्याम्पका शसस्त्र प्रहरी निरिक्षक रवि थापालाई महिनावारी दिईरहेको श्रोतको दावी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times