बिरगंज ६ फागुन ।
कालिकामाई गाउपालिका कार्यालयमा तोडफोडको घटनामा अाफनो गल्ती स्विकार्दै विधार्थीहरूले अात्म अालोचना गरेपछि उत्पन विवाद साम्य बनेको छ ।
गाउपालिकाको वडा नम्बर २ भेडिहारी स्थित सुकई साह विधालयमा शिक्षक अभाव भएको भन्दै अान्दोलनमा उत्रिएका विधार्थीहरूले हिजो पालिका कार्यालयमा तोडफोड गरेका थिए । तोडफोड गरेको अारोपमा हिजो पक्राउ परेका १६ जना बिधार्थी र उनका अभिभावक,जनप्रतिनिधि ,गाउपालिकाका शिक्षक,समाजसेवी तथा स्थानिय नेताहरूबीच छलफल भई समस्या समाधान भएको हो । विधार्थीहरूले अब उपरान्त अराजक र तोडफोड गतिविधीमा संलग्नता नहुने लिखित प्रतिबद्धता गरेका छन । गाउपालिकाले दुई महिना अगाडि शिक्षक न्युक्तीको लागि दिएको सहमती अनुसार शिक्षक पदपूर्ति गर्ने, भौतिकपुर्वाधारका लागि अावश्यक वजेट छुटयाउने लगायतका कार्य गाउपालिकाले गर्ने अध्यक्ष नथुनी कुशवाहाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा अाज भएको छलफलमा गाउपालिका उपाध्यक्ष राजेश चौरसिया,वडा अध्यक्षहरू सोनालाल चौरसिया, संजय पटेल, हरिअोम साह,पवन तिवारी, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष , सुकई साह विधालयका प्रअ उमेश पटेल, नेकपा जिल्ला सदस्य बलिराम साह,स्थानियशिक्षक,भरभलादमी,अभिभावकहरूको सहभागिता रहेको थियो । छलफल पश्चात् उग्र बनेको अवस्था साम्य बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय