राम कुशवाहा
वीरगंज ७ फागुन । वडा प्रहरी कार्यालय श्रीपुरले भारतबाट अवैध रुपले चोरी निकासी गरी ल्याईएको लता कपडा लगायत ४ लाख बराबरको अवैध माल सामान बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले वीरगंज महानगरपालिकाको चण्डाल चौक, अलौ एरियाबाट ना २ ह ३२५५ नम्बरको टेम्पुबाट भन्सार छलि गरी ल्याईएको भारतिय कपडा तथा माल समान नियन्त्रणमा लिएको वप्रका श्रीपुरका प्रहरी सहायक निरिक्षक प्रभास भारतीले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरले अवैध रुपले सिमानाका बाट चोरी पैठारी गरी राजश्व चुहावट गर्ने विरुध कडाई गरेपछि धमाधम तस्करीका समानहरु बरामद हुन थालेका छन । बरामद गरिएको अवैध सामानहरु आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times