वीरगंज १५ फागुन ।
बाराको सिमरामा दरबार टायर सेन्टरले आफ्नो सेवा सुरु गरेको छ । एम आर एफ टायरको आधिकारिक विक्रेताको रुपमा दरबार टायर सेन्टरले सेवा सुरु गरेको हो ।
सेन्टरको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एमआरएफ टायरका नेपाल र भुटान हेर्ने डेपुटी म्यानेजर गौतमसिंह दर्नालले रिवन काटेर सेन्टरको उद्घाटन गर्नुभएको हो ।
बस, ट्रक, कार, मोटरसाईकल सबै सवारीमा लाग्ने एमआरएफ टायर गुणस्तरीय र सुलभ मूल्यमा उपलब्ध रहेको डेपुटी म्यानेजर दर्नालले बताउनुभयो ।
सिमराको तनवीर आयल सेन्टरको नजिकै दरबार टायर सेन्टर सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक जब्बार हुसेन अन्सारीले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर विष्ठ, उपाध्यक्ष सोहेल अख्तर अन्सारी, हरि अधिकारी, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हीराबहादुर गुरुङ लगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय