बिरगंज २२ फागुन ।
पर्साको जिराभवानी गाउपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालयमा गई हुलहुज्जत गर्ने दुई जनालाई प्रहरीले नियंत्रणमा लिएको छ । पक्राउ पर्नेमा जिराभवानी गाउापालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतो रहेका छन । दुबैजना लाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो । सरुवा वढुवाका कारण हाल सुपौली इलाका प्रशासन कार्यालयमा आवश्यक जनशक्ती नहुदा सेवाग्रहरीको काम समयमा हुन नसकेको भन्दै दुबै युवाले कार्यालयको बैनर च्यात्दै अभद्रव्यवहार गरेकोले नियंत्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रशासन कार्यालय सुपौलीमा विगत १ महिना देखी कर्मचारी अभाव रहेको छ । कर्मचारी नहुदा सेवाग्रहीलाई समस्या भएको स्थानियले बताएका छन । यस इलाका प्रशासन अन्तर्गत ठोरी , जिराभवानी , जगरनाथपुर र पटेर्वा सुगौली गाउपालिकावासीको नागरिकता , शासन्त सुरक्षा लगायतका प्रशासनिक सेवा प्रदान हुदै आएको हो ।
…………………

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय