बीरगंज १ चैत्र ।
स्वर्गिय पत्रकार वीरेन्द्र साहको हत्यारालाई पक्राउ गर्न सफल भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीलाई उहाँकै कार्यकक्षमा आज सम्मान गरेको छ । प्रहरी उपरिक्षक पंगेनी सहित प्रहरी नायव उपरिक्षक गौतम मिश्र, ईलका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक गोबिन्द पुरी, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरिक्षक सागर शम्शेर राणालाई समेत सम्मान गरिएको हो । स्व पत्रकार बिरेन्द्र साहका हत्यरालाई पक्राउ गरि साहसी काम गरेको हुदा प्रहरी उपरिक्षक पंगेनीको टिमको अझै हौसला बुलन्द गर्नका लागि सम्मान गरिएको नेपाल पत्रकार महासंघका केन्द्रिय उपाअध्यक्ष बिपुल पोखरेलले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दहाल, कोषाअध्यक्ष राजेश मिश्र, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश २ का सचिव गुरु प्रसाद गौतम, सदस्य सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठ, महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय लगायतको सहभागिता रहेको रहेको थियो । महासंघको टोलीले स्व पत्रकार बिरेन्द्र साहकी श्रीमति उमरावती देवी साह, छोरा बिबेक साहलाई कलैया स्थित साहको घरमा पुगेर सहानुभुति प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय