बिरगंज ५ चैत ।
पर्साको पकहामैनपुर गाउपालिका वडा नम्बर १ धोरेबाट अबैध हतियार बरामद भएको छ । भारत संग सिमा जोडिएको धोरे गाउको ३ सय मिटर उतर तर्फ रहेको झाडीबाट देशी कटुवा बन्दुक बरामद भएको हो । सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट पकहा मैनपुरको टोलीले विषेश सुचनाको अधारमा कटुवा बन्दुक बरामद गरेको छ । बरामद भएको कटुवा इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक सुमन रानाभाटले जानकारी दिनु भयो । कटुवा कस्ले फालेको विषयमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय