वीरगन्ज,्३० जेठ ।
वीरगन्ज महानगरपालिका —२० हरपतगंज अपौनीका स्थानीयबासीहरुले समयमा सडक एंव नाला निर्माण नभएपछि आज बिरोध प्रदर्शन गरेका छन । संघन शहरी बिकाश कार्यालय वीरगन्जको बजेटमा समयमा गाँउको सडक एंव नालानिर्माण कार्य नभएको भन्दै बिरोध प्रदर्शन गरेका हुन । लामो समयदेखी निर्माणका लागी गाँउको सडक छेउको घर भत्काएर समयमा नयाँ सडक एंव नाला निर्माण नगर्दा समस्या भएको भन्दै बिरोध प्रदर्शन गरीएको स्थानीयहरुले बताएका छन ।
सडक एवं नाला निर्माणको माग गर्दे गाँउभरी बिरोध स्वरुप विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन । स्थानीयबासीका अनुसार सडक एवं नाला निर्माणका ठेक्का पाएका निर्माण कम्पनिले घर भत्काएर ,बाटो खनेर समयमा काम नगर्दा समस्या भएको छ ।
ड्राईपोर्ट सडकदेखी हरपतगंज ,अपौनीहुदै उदयपुर घुर्मीसम्म ३ किलोमिटर कालोपत्रे सडक,नाला निर्माणका लागी २०७४ सालमा ठेक्का पाएको निर्माण कम्पनिले २ बर्षमापनि सम्पन्न नगर्दा समस्या भएको स्थानीयहरुले बताएका छन ।
केहि बर्षदेखी समयमागाँउको सडकको काम सम्पन्ननहुदाँपानी परेको समयमाहिलो हुदाँ आवतजावत गर्ने,समस्या भएको स्थानीय रामकिशोर सिंह परागले बताए । केहि बर्षदेखी समयमा गाँउको सडकको काम सम्पन्न नहुदाँ पानी परेको समयमा हिलो हुदाँ आवतजावत गर्ने, सडकको पानी घरमा प्रवेश गर्दा समस्या भएको भन्दै प्रदर्शन भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय