बीरगंज २६ आसार ।
विगत केहि दिन यता देखि परेको अविरल बर्षाको कारण बारा पर्सा, रौतहट लगायतका जिल्लाहरुमा विकासका नाममा जथाभावी खनिएका सडकहरु हिलाम्य हुँदा ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ । विना इन्जिनियरिङ मापदन्ड, जनप्रतिनिधिले विकासका नाममा जथाभावी खनिएका सडकका कारण नागरिकले अहिले सास्ती खेप्नुपरेको छ । वाराको विश्रामपुर गाउँपालिकामा प्रदेश सरकारको तर्फबाट विना योजना खनिएको सडकले अहिले विनास निम्त्याएको स्थानिय वासिन्दाले बताएका छन् । बाढी र डुवान पछि प्रदेश नम्बर २ कै एक मात्र महानगरपालिका बीरगंजको सडक संजाल समेत लथालिङ्ग भएको छ । बीरगंज महानगरपालिकाको सिमित वडाहरु छोडेर अधिकांश नगर क्षेत्रका भित्री सडकहरु हिलाम्य र खाल्टाखुल्टीले भरिएको छ । वीरगंजको रानीघाट देखि रामगढवा हुदै अलौ जाने सडकको अवस्था अत्यन्तै जिर्ण रहेको छ ।
मुख्य बजार क्षेत्र वाहेक अन्य क्षेत्रका सडककोअवस्था विजोगपूर्ण भएपछि नगरवासी आक्रोशित भएका छन । यसैगरी पर्साको पोखरीया, पर्सागढी, बहुदरमाई नगरपालिका तथा पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्दवासिनी, धोविनी, जगरनाथपुर, पकहामैनपुर, ठोरी लगायतका गाउँपालिकामा लामो लकडाउन खुकुलो भएसँगै धमाधम बर्षायाममा उपभोक्ता समितिको नाममा योजना बेचेर सडक बनाउने काम सुरु भएपछि असारे विकासले जनतालाई सुविधा भन्दा सास्ती दिएको ग्रामिण क्षेत्रका बासिन्दाले बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times