वीरगञ्ज । भारतीय प्रमुख सीमा नाका बन्द गरिए पनि जिल्लाको सीमा क्षेत्रबाट हुने गरेको तस्करी रोकिएको छैन । प्रमुख भन्सार नाकाका रूपमा रहेको इनर्वा बन्द भए पनि अलौ, जानकीटोला, इनर्वा गाउँ, सिर्सियालगायतका ठाउँहरूबाट दुवै प्रहरीको संरक्षणमा संगठित तस्करी भइरहेको छ । प्रहरी संरक्षणमा हुने गरेको तस्करीका सम्बन्धमा बारम्बार समाचार प्रकाशित भईरहेको छ । जिप्रका पर्साका एसपी गंगा पन्तलाई गुमराहमा पारेर डिएसपी, क्राइम टोली र टाइगर ग्रुप भनेर मोटरसाइकलमा हिँड्ने प्रहरीहरूले तस्करहरूसँग सेटिङ मिलाई संगठितरूपमा तस्करी गर्दै आएको कुरा बारम्बार सार्वजनिक भइरहेको छ । एसपी पन्तले क्राइम ब्रान्च टोलीका प्रमुख इन्स्पेक्टर रविभूषण यादवलाई जति विश्वास गरेकी छन् उनले त्यति नै एसपीलाई बदनामी गराइरहेका छन् । जागिरको दौरान असई, सईमा लामो समय बारा र पर्सामा घुमुवा भई बदनाम कमाएका रविभूषण यादव अहिले एसपी गंगा पन्तलाई गुमराहमा राखी आफ्नो टोली र टाइगर ग्रुपका प्रहरीहरूलाई प्रयोग गरेर असुलीमा सक्रिय रहेको कुरा ष््रहरसी महानिरीक्षकको सचिवालयको उजुरी छानविन शाखादेखि २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहकहाँसमेत पुगेको छ । व्यापक जनगुनासो र प्रहरी संलग्नतामा नै तस्करी भइरहेको उजुरीसहितका उजुरीहरू परेपछि मुख्यालयको निर्देशनमा डिआइजी सिंहले आफ्नो कार्यालयमा समेत परेको गुनासाका आधारमा पर्साको क्राइम ब्रान्च टोली र टाइगर टोलीमा संलग्न ४ जनालाई छानविनका लागि प्रदेश कार्यालय धनुषा तानेका छन् । यसरी तानिनेहरूमा सई मनोज ठाकुर, हवल्दार राजकिशोर यादव, उपेन्द्रप्रसाद साह र सिपाही अनिल राय रहेका छन् । उनीहरूले व्यापारीहरूसँग रकम मागेको उजुरीहरू परेपछि आफूले छानविनका लागि तानेको डिआइजी सिंहले जानकारी दिए । उनले भने– पहिलो चरणमा यी ४ जनालाई तानेको छु, बाँकी धेरै निगरानीमा छन् चाहे त्यो क्राइम ब्रान्च टोलीका हुन् या टाइगर टोलीका वा मातहतका थाना चौकीका प्रमुख र तिनले राखेका घुमुवा हुन् । मैले वीरगञ्ज प्रहरीको बदनामी धेरै भएपछि गम्भीर भएर निगरानी र अनुसन्धान गरिरहेको छु । साथै उनले बारम्बार आफूले तस्करी र गलत धन्दामा नलाग्न निर्देशन दिइरहेको भए पनि निर्देशनको अवज्ञा गर्दै संगठनको नीति विपरीत काम गरेकै कारण यिनलाई तानेको र भोलि उनीहरूको बयानका आधारमा अन्य पनि तानिन सक्ने उनले बताए । जबकि एसपी गंगा पन्तले तस्करी नियन्त्रण गर्न र विगतमा वीरगञ्जमा प्रहरीको असुलीधन्दाले भएको बदनामीलाई रोक्न अनेकन प्रयत्नहरू गरिरहेकी छन् । वीरगञ्जका ठूला तस्करहरूले एसपी पन्तलाई प्रभावमा पार्न अनेकन प्रयत्नहरू गरेको कुरा पनि बाहिर आएको छ । तस्करहरूले निरीक्षक रविभूषण यादवमार्फत् धेरै प्रस्तावहरू एसपी पन्तकहाँ पु¥याएको चर्चा पनि बाहिर आइसकेको छ तर गंगा पन्तले तस्करहरूको प्रस्ताव त परैजाओस् कुनै हालतमा पनि तस्करीधन्दा सुचारु गर्न नदिने अडान लिँदै आएको बताइन्छ । तर, उनैले विश्वास गरेका डिएसपी र क्राइमका रविभूषण यादवले वीरगञ्ज प्रहरीको मात्रै नभएर प्रहरी संगठनकै बदनामी गराइरहेका छन् । प्रदेशमा तानिएका यी ४ जना त केबल प्रयोग गरिएका प्रहरीमात्र हुन् । मुख्यालय र प्रदेशले सुरुमा टाइगर ग्रुप र क्राइमका केही व्यक्तिलाई तानेर अनुसन्धान गरेको बताइन्छ । साभार — नव जनप्रहार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय