बीरगंज ।
काठमाडौंमा साढे १४ किलो नक्कली सुनमा समेत जोडिएका जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।
प्रहरीले अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिहंले अन्सारीलाई पर्सा प्रहरीको विशेष टोलीले बाराबाट पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि काठमाडौं पठाइँदै छ ।अन्सारी काठमाडौंको कमलादीबाट बरामद भएको भनिएको नक्कली सुन प्रकरणमा जोडिएका थिए । उनी फरार रहेको प्रहरीले जनाएको थियो । सुन प्रकरणमा इल्ताफकै बा.६च ५५११ नम्बरको स्कार्पियो प्रयोग भएको थियो ।
काठमाडौंमा नक्कली सुन र हतियार बरामद प्रकरणका मुख्य नाइके पनि अन्सारी नै रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
उनकै योजनामा सबै घटना भएको प्रहरीको निष्कर्ष छ । उनी बाराका स्थायी बासिन्दा हुन् । उनी नक्कली भारतीय नोट कारोबारमा जेल परेका थिए । उनी नक्कली नोट कारोबार गिरोहका नाइके भनिँदै आएका युनुस अन्सारी समूहका सदस्य पनि हुन् ।
२६ जेठ ०६७ मा ललितपुर जिल्ला अदालतले अन्सारीलाई नक्कली भारु नोट कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो । उनी जेल परेर छुटेपछि सुन तस्करीलगायत अवैध क्रियाकलापमा लागेको प्रहरी स्रोत बताउँछ । उनी भारतमा ‘मोस्ट वान्डेट’को सूचीमा समेत छन् । साभार—बाह्खरी डटकम