बिरगंज ३१ भदौ । पर्साको जगरनाथपुर गाउपालिकाको चौथो गाउँ सभा सम्पन भएको छ । गाउँ सभाले आर्थिक वर्ष ७७/७८ को लागि ४४ करोड ४७ लाखको बजेट पास गरेको छ । बजेटमा पालिकाको सम्पुर्ण घरमा गैस चुल्हा बितरण गर्ने , जेष्ठ नागरिकलाई आवश्यक सामग्री तथा उपचार प्रदान गर्ने, सबै वडालाई एक आपसमा जोडने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई बजेटमा प्राथमिकता दिईएको छ ।
पालिकामा ७ हजार ५ सय घरधुरीमा गैस चुल्हो र सिलेण्डर वितरणकालागि ६ करोड २५ लाख बजेट छुट्याईएको गाउपालिका अध्यक्ष जालिम मियांले बताउनु भयो । महिलाहरूलाई दाउरा बाल्ने बाध्यताबाट मुक्ती दिलाउन यस वर्षको बजेटमा गैस चुल्हो सिलेण्डर वितरणको मुख्य योजना बनाईएको मियाले बताउनु भयो । जगरनाथपुर गाउपालिकामा गरिबी अत्यधिक रहेकोले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउदै धुवा मुक्त भान्सा बनाउने र पछि सिलेण्डर आफैले भर्न सकिने क्षमता अभिवृद्धि गर्ने योजना पूरा गरिने बताउनु भयो । प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी,पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्षुमण लाल कर्ण,प्रदेश सांसद प्रहलाद गिरी,पूर्व मन्त्री रमेश रिजालको आफनै गाउपालिका भएपनि चौथो गाउसभामा उहाहरूलाई निमन्त्रणा गर्दापनि नआउनु दुखद रहेको जालिम मियांले बताउनु भयो ।
मियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका सह संयोजक ठाकुर न्यौपाने,पोखरिया नगर प्रमुख दिपनरायण रौनियार, उपप्रमुख सलमा खातुन, कालिकामाई गाउपालिका प्रमुख नथुनी कुशवाहा, संविधान सभा सदस्य प्रदुमन चौहान , नेकपा पर्साका अध्यक्ष प्रभु हजरा,सचिव विजय महतो, नेता बाबुराम कौशिक, जसपा नेता शशिकपुर मियां, प्रशासकिय अधिकृत अमित गिरी,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, वडा अध्यक्षहरू मंगरू राउत गदी, प्रभुप्रसाद कुर्मी, नगिना राउत अहिर, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया,अयोध्या प्रसाद पटेल लगायतकाले मन्तव्य राख्नु भएको थियो । सरिफ गदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन प्रमेन्दर प्रसाद साहले गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times