बिरगंज । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमिति संयोजक माननीय जीवन राम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, माननीय नमिता कुमारी चौधरी र अनुगमन टोलिको शाखा अधिकृत ई.अमितकुमार यादव लगायतका टोलिले प्रदेश न. १ को राजधानी बिराटनगर स्थित विभिन्न स्थानहरुको अनुगमन गरेको छ ।

उपसमितिले आज सुरुमा प्रदेश न १ का माननीय मुख्यमन्त्री श्री शेरधन राई र सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे र राज्यमन्त्री माननीय जसमाया गजमेर सङ्ग प्रदेश सरकारले हाल सम्म कोभिडसङ्ग सम्बन्धित गरेका कामहरुको बिषयमा

छलफल गरेको थियो ।उक्त छलफलमा प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराई र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की को समेत उपस्तिथि रहेको थियो।

प्रदेश सरकार सङ्ग छलफल पश्चात् उपसमितिले बिराटनगर महानगरपालिका सङ्ग उक्त बिषयमा छलफल गरेको थियो । उक्त छलफलमा महानगरका प्रमुख श्री भिम पराजुली, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौला, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी तथा नगरका अन्य पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

महानगरपालिका सङ्गको छलफलमा मेयर, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखज्यूको उपस्थितिमा कोशी अस्पताल, कोशी कोभिड अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र डि.ए.भि. कोभिड होल्डिङ्ग सेन्टरको अनुगमन गरेको थियो। उक्त अनुगमनमा कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको समेत उपस्थिति रहेको थियो ।

छलफल र अनुगमनको शिलशिलामा प्रदेश सरकारले आउने हप्तादेखि कोभिडबाट बढी संक्रमित भएका तीन जिल्लाहरुमा शिक्षकहरुलाई परिचालन गरि कोभिड सम्बन्धि जनचेतना अभियान संचालन गर्न लागेका जस्ता राम्रा कार्यहरु र महानगरको तर्फ बाट भएका राम्रा कामहरुको प्रसंशा गर्दै अनुगमनमा देखिएका कमिकमजोरीहरुलाई सच्याउन र कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानाकर्षण गराउन पहल गर्न संयोजक माननीय जीवन राम श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय