बिरगंज ५ कार्तिक । पर्साको अलौ र कोनियाका केहि तस्करहरुलाई संरक्षण गर्दै क्राईम ब्रान्चका सई प्रकाश रावतले उनीहरुकालागि सुराकीको काम गर्दै आएको खुलासा भएको छ । तस्करी गराउन वापत रावतले लिएको नजरानाको सोझो गर्दै माथिल्लो प्रहरी टोलीहरु निगरानीकोलागि आउदा तस्करलाई पूर्व जानकारी दिने गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कै अपराध अनुसंधान शाखाको संरक्षण र निगरानीमा अलौबाट व्यापक तस्करी भएको प्रमाणहरु छताछुल भएपछि प्रहरीको माथिलो निकायले निगरानी बढाएको छ । प्रदेश प्रहरी कार्यालयबाट खटेको टोलीले प्रहरी चौकी सिर्सियाका सई गजानन्द साह संग सहयोग मागंदा सो जानकारी क्राईमका सई रावत लाई एकछिन मै थाहा हुने र रावतले सो जानकारी तस्करलाई गराने गरेका हुन । माथिल्लो प्रहरी कार्यालयहरुबाट तस्करी नियंत्रणको टोली आएको बखत सई रावत तस्करहरुलाई सुचना दिएर समय र बाटो परिवर्तन गराउने गरेको खुलेको हो ।
अलौ नाकाबाट अच्छेलाल र बैधनाथ सहित ९ जना तस्करले ठुलो परिमाणमा कपडा, हार्ड वेयर, मोटरपार्टस लगायतका समान भारतबाट निर्वाधरुपमा भित्रियाउने गरेका छन । तस्करहरुले सई रावतलाई यो महिनामा मात्रै ३० लाख भन्दाबढी रकम बुझाएको श्रोतको दाबी छ ।
पर्सा क्राईमको तस्कर संगको सहकार्यको विभिन्न कांल रेकर्ड तथा प्रमाणहरु फेला परेका छन । क्राईमले रकम बुझने र अर्को टोली गएर मालसमान समाते पछि रावतले रकम बुझेको आधा दर्जन घटना प्रकाशमा आएका छन । रावतले आफै रकम नबुझी अलौका केहि युवालाई आफनो अघोषित घुमवा खटाई तस्करहरु बाट रकम बुझने गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय श्रोतका अनुसार तस्करहरु संग रकमको बार्गेनिङ्ग गर्ने व्यक्तिहरु प्रहरी होइन्न तरपनि उनीहरु अपराध अनुसंधान शाखा भित्र समय विताउछन । सई रावतलाई रकम पठाएपनि मालसमान अर्को टोलीले समाए पछि विलाप गर्दै तस्करहरुले रावतलाई रकम पटाएको खुलासा गर्दै छन । अलौ नाकामा स्थानिय तस्करहरुको प्रभाव बढी रहेको छ । स्थानिय प्रहरी देखी जिल्ला प्रहरी तथा अलौ स्थित सशस्त्र प्रहरी बेसले तस्करीलाई सघाए पछि दैनिक लाखौको राजश्व छली भइरहेको छ । दैनिक २५ देखी ३० टन केराउ तिलावे नजिकैको शिवम एग्रोको गोदामबाट भारत तर्फ अबैध निकासी भइरहेको छ । त्यस्तै भारतबाट दैनिक ठुलो परिमाणमा भित्रिने लता कपडा , हार्ड वेयर लगायतका समान जगनाथपुरमा ट्रकमै लोड भई काठमाण्डौ , पोखरा लगायतको ठाउमा पुगने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय