बीरगंज २ मंसिर ।
जिल्ला प्रहरी कार्यालय, पर्साले आज नेपाल भारत सिमा रहेको मितेरी पुल नजिकैबाट शरिरमा लुकाई लैजान लागेको अवस्थामा ४ किलो ८ सय ९० ग्राम अवैध लागु औषध चरेश दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी गस्ती टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ मितेरीपुल नजिकैको सडक खण्डबाट भारत तर्फ जादै गरेको अवस्थामा चेकजाँचको क्रममा खुट्टामा बेरेर अवैध लागु औषध चरेश लिएर जादै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी २८ बर्षिय अभिषेक श्रीवास्तव र वीरगंज महानगरपालिका वडा नम्बर ५ बस्ने २३ बर्षिय धिरज पटेल रहेको पन्तले बताउनु भयो । दुवैको साथबाट दुवै खुट्टामा टेपले टासेर लैजान लागेको अवस्थामा जनही २ केजी.४ सय ४५ ग्राम अवैध लागु औषध चरेश बरामद भएको थियो । बरामद गरिएको ४ किलो ८ सय ९० ग्राम चरेश सहित अभियुक्तहरुलाई थप कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी उपरिक्षक पन्तले बताउनु भयो ।
यसैगरी प्रहरीले अवैध लागु औषध उईनसिरेक्स सहित वीरगंजको सिर्सिया खलवा टोलाबाट एक जनालाई पक्राउ गरेको छ । रक्सौलबाट विस्कुटको कार्टुन भित्र अवैध रुपमा लुकाई छिपाई लागु औषध उईनसिरेक्स ४० बोतल ल्याई रहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने ४४ बर्षिय विनोद गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times