वीरगंज २८ माघ ।
पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर ४ बन्जारी टोलमा अवैध रुपले संचालित ६ वटा मदिरा भट्टी प्रहरीले तोडफोड गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतको प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मदिराभट्टी तोडफोड गर्नुको साथै मदिरा भट्टीबाट फेला पारिएको ५० लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने ५ सय लिटर कच्चा पदार्थ पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुवँरले जानकारी दिनु भयो । ती मदिरा भट्टीहरुबाट घरेलु मदिरा बनाउने एक थान मेसिन र ९० थान सिल्भरको भाडा बर्तन समेत नियन्त्रणमा लिईएको डिएसपी कुवँरले जानकारी दिनु भयो । पर्सामा घरेलु मदिरा नियन्त्रण तथा मदिरा उत्पादन गर्ने भट्टी फुटाउने अभियानलाई तिब्र पारिएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times