बीरगंज ।
हुण्डी अर्थात अवैध वित्तिय कारोवारमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले ३ लाख १२ हजार नेपाली रुपैया सहित एक जनालाई रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले भारतको रक्सौलबाट नेपाल तर्फ विआर २२ एआर ३६८६ नम्बरको मोटर साईकलमा आईरहेको मोटर साईकललाई रोकी बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक अगाडी चेकजाँच गर्दा श्रोत खुल्न नसकेको ३ लाख १२ हजार नेपाली रुपैया र ५ हजार २ सय भारतीय रुपैया सहित भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली निवासी २५ बर्षिय सोनु साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई आज वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times