बिरगंज । गैर आवासीय नेपाली समाज (एनआरएन) मासाचुसेट्स, अमेरिकाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।

आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा हरिप्रसाद काफ्लेलाई पराजित गर्दै तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । दुई बर्षको कार्यकालको लागि भएको निर्वाचनमा हरिप्रासाद काफ्लेले ३२१ भोट पाएका थिए भने प्रेम तामाङले ५६४ भोट पाएका थिए । मासाचुसेट्स राज्य कमिटीको उपाध्यक्षमा राजु (खुम) गुरुङ, सचिवमा प्रचण्ड श्रेष्ठ, सहसचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा अजय कुशवाहा र महिला संयोजकमा अन्जु थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कोषाध्यक्ष कुशवाहाका अनुसार सदस्यहरुमा रूपक अधिकारी, समुन्द्र श्रेष्ठ, प्रमिला धमला बंजरा, कृष्ण महत, शिवराज मिश्र र अन्जना घले निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय