वीरगन्ज– नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट अन्तर्गत बिहीबार भएका दुईवटा खेलमा त्रिजुद्ध उच्च मावि र बीपीसी बिजयी भएका छन् । खेलमा त्रिजुद्ध उच्च माविले नेशनल एकाडेमी कलेजलाई ३५ रनले पराजित गरेको थियो । टस जितेर ब्याटीङ राजेको त्रिजुद्धले १८ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । त्रिजुद्धका प्रेम कुमार साहले सर्वाधिक ६२ रन बनाए । ६ चौका र दुईवटा छक्का प्रहार गरेका साहले ४९ बल खेलेका थिए । त्रिजुद्धका तब्रेज आलमले २९ रन र धनन्जय यादवले २२ रन जोडेका थिए । नेशनल एकाडेमीका सौरभ पटेल र दिपु प्रजापतिले २/२ विकेट लिएका थिए । १ सय ५८ रनको लक्ष्य पाएका नेशनल एकाडेमीले निर्धारित ओभरमा १ सय २२ रन मात्र बनाउन सकेको थियो । नेशनलका मो. सिराज अन्सारीले सर्वाधिक २७ रन र रोहित महतोले २० रन बनाएका थिए । त्रिजुद्धका नवल रोयले २ विकेट र रिजवान शेखले एक विकेट लिएका थिए । त्रिजुद्धका प्रेम कुमार साह म्यान अफ दि म्याच घोषित भएका थिए ।
बिहीबार भएको दोस्रो खेलमा बीपीसी कलेजले इम्पेरियल कलेजलाई तीन विकेटले पराजित गरेको थियो । इम्पेरियल कलेजले टस जितेर पहिले ब्याटीङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर एक सय रन बनाएको थियो । इम्पेरियलका रोशन साहले सर्वाधिक १५ रनको पारि खेलेका थिए । बीपीसीका महफुज आलमले २ र विजय रामले एक विकेट लिएका थिए । १०१ रनको लक्ष्य बीपीसी कलेजले १५.१ ओभरमै हासिल गरेको थियो । बीपीसीका अभिषेक यादवले २३ र दिपेश पटेलले २२ रन बनाए । इम्पेरियलका नागेश्वर यादवले ३ विकेट लिन सफल भएका थिए । अलराउन्ड खेल प्रदर्शन गरेका इम्पेरियल कलेजका नागेश्वर यादव म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय