राम कुशवाहा
वीरगंज १ माघ ।
पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले व्यापक रुपमा चल्लाको तस्करी भईरहेको पाईएको छ । तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला मोटरसाईकलमा लोड गरी सिमा नाकामा खटेका प्रहरीहरुकै सहयोगमा नेपालतर्फ भित्रियाईरहेका छन । तस्करहरुले पर्सा जिल्लाको ग्रामिण नाका अमरपट्टि, झौवा र धोरे हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा कुखुराको चल्ला लोड गरी सिमामा खटेका प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन । अमरपट्टि, झौवा नाकाबाट चल्लाको तस्करी गर्ने अनुप र धर्मेन्द्र भन्नेले प्रहरी प्रशासनलाई महिनाबारी बुझाएर खुल्लेयाम चल्लाको तस्करी गरिरहेको पाईएको छ । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय