पर्सा २३ वैशाख । वीरगञ्ज महानगरपालिकाको उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले वीरगञ्जका विभिन्न वडाहरुमा भेटघाट तथा छलफल गरेकी छिन् । वीरगञ्ज महानगरपालिकाको ग्रामिण क्षेत्रमा जोडिएका वडाहरुका बासिन्दासँग भेटघाट गर्दै मिश्राले भोट अपिल गरेकी छिन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का इनरवा, सुखचैना, वडा नम्बर २२ मनियारी, भवानीपुर वडा नम्बर २० अपौनी र हर्पतगञ्ज, वडा नम्बर २३ सबैठवा लगायतका स्थानमा गएर मिश्राले यही बैशाख ३० गतेको निर्वाचनमा गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी हुन् ।

ग्रामिण क्षेत्रका वडाबासीले पनि मिश्रालाई भब्य स्वागत गर्दै मिश्रालाई नै समर्थन गर्ने प्रतिक्रिया दिएका छन् । महिलाका समस्या तथा गुनासोहरु सुन्नका लागि भएपनि महिलालाई नै अत्यधिक मतका साथ बियी बनाउने अपौनीकी स्थानीय जयनारायण सिँहले बताए ।

यहाँका प्रमुख दलहरुले पनि महिलालाई उपेक्षा गरेको बताउँदै स्वतन्त्रबाट उम्मेदवारी दिएकी महिलाले जित्नुपर्ने स्थानीय सबिता यादवको भनाई छ ।

सो अवसरमा वुमैन स्किल सेन्टरकी अध्यक्ष चञ्चला दास, सुधा मिश्रा, बन्दना कणर्, नीलम मण्डल, नुतन ठाकुर, सहिता देवी, रेखा यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय