वीरगन्ज,२१ साउन ।
पर्साको कालिकामाई गाँउपालिका कार्यालय अहिले टिकटक साईट बनेको छ । पालिकाको परिषद हाल सम्म नहुनुको कारण अहिले कार्यालय दैनिक सेवा प्रवाह र विकाश निर्माणको काम भन्दापनि टिकटक स्थल बनेको हो । पालिका अध्यक्ष बिशष्ठ कुमार निकटका समकक्षी युवाहरू कार्यालयमाका विभिन्न शाखाहरूमा मज्जाले कर्मचारीको कुर्सी मै बसी टिकटक बनाउदा रमाउने गरेका छन ।
२१ बर्षीय गाँउपालिका अध्यक्षका समकक्षी सहयोगी र कार्यकताहरु कार्यालयको विभिन्न समाग्री दुरुपयोग गर्ने गरेकाे स्थानीयले जनाएका छन ।
स्थानीयका अनुसार कार्यालय समय सकिएपछि गाँउपालिका कार्यालयका कर्मचारीहरु बाहिर निस्केने वितिकै अध्यक्ष बशिष्टका निकटका व्यक्तिहरु कार्यालयमा प्रवेश गरेर मस्ती गर्ने गरेको टिकटकमा भाईरल भएको हो ।
प्राप्त भएको प्रमाण अनुसार केहि दिन अगाडी करिब साढे ४ बजे गाँउपालिकाका सबै कर्मचारी घर गए । कार्यालय समय सकिएर कर्मचारी बाहिरिपछि कार्यालयलाई रेखदेख गर्ने गार्ड (गेट पाले) कार्यालय बन्द गरेनन् ।
कार्यालय बन्द गर्न नपाउँदै वडा नम्बर ३ का वडा अध्यक्ष संजय पटेलका भतिज पर्ने सुजित पटेल गाँउपालिका कार्यालयमा ५/६ जनाको समुहमा कार्यालयमा प्रवेश गरे ।
कार्यालयमा प्रवेश गरेर सुजित गाँउपालिका अध्यक्ष आफ्नो साथी र पार्टीकैे भएकाले विभिन्न सम्रागी दुरुपयोग गर्दै आईटी शाखाको कुर्सीमा बसेर टिकटक भिडियो बनाएको दृष्य समाजिक संजालमा भाईरल बनेको छ ।
सुजितका बुबा राजकिशोर पटेल गाँउपालिका अध्यक्ष बशिष्टका काका दिनेश कलवारको साथी हुन । दशक देखी दिनेश कदवारको कब्वामा रहेको नारायणी सिचाईको ब्लाक २ नहर उपभोक्ता समितीमा राजकिशोर कोषाध्यक्ष समेत हुन ।
त्यस्कै धाकमा अहिले उनी सहित आधा दर्जन युवाहरू पालिका कार्यालयमा अनाधिकृत रूपमा मस्ती गरेपनि कर्मचारीहरु बोल्न सक्दैनन् ।
स्रोतका अनुसार गाँउपालिका अध्यक्ष बशिष्टका निकटका व्यक्तिहरु गाँउपालिका कार्यालयको विभिन्न समाग्री दुरुपयोग गर्न थालेको कर्मचारी थाहा पाएपनि यो गतिविधि रोक्नलाई बोल्न नसकेको अवस्था छ ।
उनीहरु गाँउपालिका अध्यक्ष र वडाअध्यक्ष कै कारण गलत गतिविधि भईरहेको थाहा पाएपनि बोल्ने अवस्थामा नरहेको बताएका छन ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गीरीलाई कार्यालयको समाग्री दुरुपयोग भईरहेको थाहा भएपनि अहिले सम्म बोल्न सकेका छैनन् । युवा अधिकृत गीरि कालिकामाई गाँउपालिकामा अहिले निरिह भएर बसेका छन ।
गाँउपालिकामा असार १० गतेभित्र सम्पन्न भईसक्नु पर्ने गाँउ सभा हालसम्म सम्पन्न हुन सकेको छैन । गाँउपालिका अध्यक्ष बशिष्टका ‘हट’का कारण अहिले सम्म गाँउसभा अनिश्चित बनेको छ ।
गाँउपालिका अध्यक्ष बशिष्ट गाँउपालिकाको अधिकांश बजेट एक्लौटी आफुले चलाउन खोजेपछि वडाअध्यक्षहरु यसको विरोध गरेपछि गाँउसभा अनिश्चित बनेको हो ।