वीरगंज २१ साउन ।
बारामा सामुदायिक भवनको उदघाटन गरिएको छ । कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद साह द्वारा वडा नम्वर ८ रामपुरमा शनिबार सामुदायिक भवनको उदघाटन गरिएको हो ।
सामुदायिक भवनको उदघाटन गर्दै नगरप्रमुख साहले सामुदायिक भवनमा केही छुट भएका निर्माण गर्नको लागि थप उपमहानगरको बजेटबाट २० लाख दिने प्रतिद्वता गरेका छन् ।
पुर्व वडाध्यक्ष डा अख्तर अंसारीले आफनो कार्यकालमा निजी लगानीमा सामुदायिक भवनको लागि ४ धुर जग्गा खरिद गरेका थिए ।
आर्थिक वर्ष ०७८\०७९ को नगरको ३० लाख र पुर्व वडाध्यक्ष अंसारीको निजी १४ लाखको लगानीमा ४ धुरमा २ तल्ले भवन निर्माण भएको हो ।
समाजमा रहेका गरिव असाहयहरुको घरमा हुने विवाह, व्रतबन्ध, भोजभतेरमा जमघट हुने समस्या हेरेर निजी लगानीमा जग्गा खरिद गरि सामुदायिक भवनको निर्माण गरिएको अंसारीले बताए । समाजमा निशुल्क रूपमा सो भवनको प्रयोग गर्ने उनले बताए ।
सामुदायिक भवन उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।