प्रकाश तिवारी
बिरगंज २७ असोज । बिगत १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका सुधिर पटेलले विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा डटेर प्रतिबादका साथै सहयोग गरेको सम्झदै अब जनताले आफ्नो अमूल्य मत आफूलाई दिएर जिताउने विश्वास लिएका छन् ।
देशको मुख्य राजनैतिक दलले आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको साथ बिचार मिल्ने न मिल्ने जो सुकै दल संग गठबन्धन गरि अगाडी बढेको हुनाले मतदाताहरुले यसको डटेर सामना गर्नु पर्ने बताउंछन् उनि । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) मा गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम विकल्पको रुपमा सुधिरले प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।
प्रायः दिनहुं जनताको घरदैलो पुग्ने सुधिर यसपाली मतदाताले परिवर्तन खोजेको बताउंदै पटक–पटक चुनावमा पराजित हुने, चुनाव जितेर आफ्नो क्ष्ँेत्रको विकास तर्फ ध्यानै नदिई व्यक्तिगत स्वार्थ सिद्ध गर्न कुनैपनि कदन चाल्न नहिचकिचाउने नेताहरुलाई यसपाली मतदाताले राम्रै पाठ पढाउने तयारी गरेको उनले जनाए । पर्सेली जनताको लागि आफू कुनैपनि बेला तयार रहने बाचाका साथ आफु चुनावी मैदानम उत्रेको उनको जिकिर छ ।
“यूवा देशका मेरुदण्ड हुन् । यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन । राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्ष्ँेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ ।” उनले भने–“समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउ“मा प्रयोग गर्नेछन् ।”
स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका सुधिरको चुनाव चिन्ह रिक्सा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय