बिरगंज २५ माघ ।
वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको आज एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए ।
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगञ्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
२८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरीबीच प्रतिष्पर्धा भइरहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय