वीरगञ्ज ४ फागुन ।
भक्तपुर नगरपालिकाको आयोजनामा भोली देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।
टोलीलाई महानगर प्रमुख राजेशमान सिंहले टिका लगाएर विदाई गर्नुभयो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर लागेका हुन् ।
टोलीको विदाई गर्दै महानगरप्रमुख सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।
भोली देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपतिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय