बिरगंज ६ असार ।
बिरगंज महानगरपालिका मुर्ली वडा नं १२ र १३ मा अन्जुमन ईस्लामियाद्वारा आयोजित रक्तदान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा पुरूष ४० जना र महिला ५ जना गरी जम्मा ४५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण मुर्लीबासीहरु प्रति अन्जुमन ईस्लामियाले हार्दिक आभार व्यक्त गरेको छ। यस रक्तदान कार्यक्रमले स्थानीय समुदायमा रगतको आवश्यकतामा सहयोग पुर्याउने उद्देश्य राखेको थियो।

कार्यक्रमको सफल आयोजनामा सहभागी सबैलाई धन्यवाद दिँदै, अन्जुमन ईस्लामियाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय