बारा, २ साउन ।
बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ५, घुसुकपुर स्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा अनैतिक कार्य गराउँदै गरेको आरोपमा सञ्चालकसहित ६ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त रेस्टुरेन्टमा छापामारी गर्दा विभिन्न ठाउँबाट महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराउँदै गरेको अवस्थामा भेटिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीको कारबाहीबाट ४ महिला र २ पुरुष गरी ६ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं. ५, घुसुकपुर बस्ने हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक श्याम सुन्दर प्रसाद यादव, जिल्ला पर्सा, विरगंज महानगरपालिका वडा नं. २९, मुसैली टोलमा बस्ने बर्ष २० को (नाम गोप्य राखिएको) युवक तथा
उक्त रेस्टुरेन्टबाट ४ जना महिलालाई उद्दार गरिएको छ जसको नाम गोप्य राखिएको बारा प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएकाहरूमाथि मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।