वीरगन्ज,१२ साउन । 
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २०८० को आय व्यय वितरण प्रस्तुत भएको छ । शनिबार एक कार्यक्रमका बिच आयोजक शक्ति युवा क्लबले प्रतियोगिता २०८० को आय व्यय विवरण प्रस्तुत गरेको हो ।
परवानीपुर गाँउपालिका कार्यालयको सेमिनार हलमा प्रतियोगितामा भएको आम्दानी , खर्च र बचतलाई तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले प्रस्तुत गरेका थिए ।
उनले चैत ३ देखि १० गते सम्म सम्पन्न भएको प्रतियोगितामा १८ लाख ६ हजार २ सय ४१ रुपैया आम्दानी भएको स्थानीय जनप्रतिनिधि ,समाजसेवी र राजनितिक दलका बिचमा सार्वजनिक गरेका थिए ।
साथै उनले प्रतियोगितामा ११ लाख ११ हजार दुई सय ४१ रुपैया खर्च पनि भएको संयोजक श्रीवास्तवले जानकारी गराए ।
उनले प्रतियोगितामा सहयोग बापत प्रदान गरेका संस्थाबाट पाँच लाख ६१ हजार रकम आउन बाँकी रहेको बताए । यस्तै अहिले बैंकमा एक लाख ३४ हजार रकम मौज्दात रहेको उनले बताए ।
श्रीवास्तवले प्रतियोगितामा स्थानीय निकाय , विभिन्न संघसंस्था , स्थानीय विभिन्न समाजिक क्षेत्रका व्यतिmहरुबाट सहयोग प्रदान भएर प्रतियोगीता सफल भएको बताए ।
प्रतियोगीताका संहसयोजक दिपक यादवले अगामी दिनमा पनि पारदर्शी रुपमा प्रतियोगीतामा हुने आम्दानी र खर्चको अवस्थालाई सार्वजनिक गरीने बिश्वास दिलाए ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २०८० को आय व्यय प्रस्तुत कार्यक्रममा बोल्दै परवानीपुर गाँउपालिका अध्यक्ष रामक्षत्री कुर्मीले आयोजक क्लबले सामुहिक रुपमा भएको प्रतियोगीता आम्दानी र खर्च सार्वजनिक गरेकोमा धन्यवाद दिए ।
यस्तै नेकपा एमालेका नेता रामपाल यादवले पनि अहिलेका युवाहरुले प्रतियोगीताको नाममा गर्दै आएको समाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए ।
समाजसेवी सोचन यादवले प्रतियोगीतामा भएको आम्दानी र खर्च कार्यक्रमका बिच समाजमा पारदर्शी गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
शक्ति युवा क्लबका अध्यक्ष राजमहम्द मियाँको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता विजय गुप्ता , समाजसेवी नागमणी उपाध्याय , रामेश्वर महतो लगायतकाले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय