वीरगंज,बैशाख ३१

वीरगंज महानगरपालिका वडा नं. २३ सवैठवा टोलमा आज एक कार्यक्रमका बिच सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । वडा नं. २३ का वडा अध्यक्ष अवध किसोर कुशवाहाले वडा समिती बजेटबाट निर्माण हुन लागेको सडक तथा नाला निर्माणको शिलान्यास गर्नुभएको हो । १० लाखको लागतमा १०० मिटर भन्दा बढी लामो सडक ढलान तथा नाला निर्माण भईरहेको उपभोक्ता समितीका अध्यक्ष धर्मनाथ प्रसाद कुशवाहाले जानकारी दिनुभयो । १० दिन भित्र कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको अध्यक्ष धर्मनाथ कुशवाहाले जानकारी दिनुभयो । हाल वडा नं. २३ का तिनवटै टोलमा बिकाश निर्माणका कार्य अघि बढाइएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिनुभयो । नेकपा एमालेका वडा अध्यक्ष एवं वडा नं. २३ का सदस्य लालबाबु यादवको अध्यक्षतामा भएको शिलान्या कार्यक्रममा उपभोक्ता समितीका सचिव निलेश कुशवाहा, कोषाध्यक्ष सुगान्धि देवी ,सदस्य लक्ष्मी प्रसाद यादव, सन्तलाल माली, रबिन्द्र यादव ,स्थानिय रामानन्द महतो, कैलाश महतो ,सुनिलचन्द कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय