वीरगन्ज,जेष्ठ १
आगामी आर्थिक बजेटमा प्रदेश नम्बर २लाइ  प्राथमिकतामा राख्न मागं गर्दै सांसदहरुद्धारा बुधबार बिहान प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाइएको छ । सांसद प्रदिप यादवको सक्रियतामा प्रधानमन्त्री निवासमा पुगेका प्रदेश नम्बर २का सांसदहरुको टोलीले प्रदेश नम्बर २लाइ आगमि बजेट प्राथमिकता दिन मागं गरेको छ ।१०जना सांसदहरुले  सामुहिक हस्ताक्षर गरिबुझाएको ज्ञापन पत्रमा पर्सा देखी सप्तरी जिल्लाको बिकाशलाइ गति दिन मागं गरिएको छ । प्रदेशको ८बटै जिल्लाका बिभिन्न नदीहरूमा आउने बाढीले हुने जन धनको क्षतीलाई रोकनलाई नदीहरूमा तटबन्ध लगाउने ,बीरगजमा बिश्वबिधालयको स्थापना,ठोरीमा खानेपानीको व्यवस्था, डिप टयुबल निर्माण गर्नै ।लगायतका मागंहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।सांसदहरुले प्रधानमन्त्रीलाइ दिएको ज्ञापन पत्रमा नरायÞणी उप क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालमा परिणत गर्ने,जिर्ण अवस्थामा रहेको नारायणी रगंशामा अन्र्तराष्टिय स्तरको रगंशालाको निर्माण,पर्सा जिल्लामा कृषि क्षेत्र तथा औधोगीक क्षेत्रको घोषणा ,चुरेसंरक्षण तथा नदि नियन्त्रण,वीरगन्जमा अन्र्तराष्टिय स्तरको सभाहल निर्माण लगायतका बिषयहरुलाइ आगामि बजेटमा अनिवार्य रुपमा समावेश गर्न मागंसमेत गरिएको सांसद प्रदिप यादवले बताउनु भयो। उहाले मगंलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री केपि ओलीसगं भएको भेटघाट साकारात्मक छलफल भएको बताउनु भयो ।भेटघाटमा आफु  प्रदेश नम्बर २को बिकास प्रति  सम्बेदनसिलरहेको बताउदै ज्ञापन पत्रमा मागंगरिएको विषयहरुलाइ प्राथमिकतामा आशवाषण समेत व्यक्त गर्नभएको सांसद यादवको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय