
बिरगंज, पर्सा २७ बैशाख —
अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा ‘नियमकिय निर्देशन र पुँजी पर्याप्तता’ विषयमा १ दिने कार्यशाला सम्पन्न भएको छ।
शनिबार बिरगंजस्थित पुजन होटलमा आयोजित कार्यक्रममा पर्सा र बाराका सहकारी संस्थाबाट ८० जना प्रबन्धकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डल थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विष्णु बराल, संस्थापक अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया र निवर्तमान अध्यक्ष संजय कुमार महतोको समेत उपस्थिति थियो।
कार्यक्रममा सहकारी क्षेत्रको नियम, पुँजी गणना तथा कार्यान्वयनका पक्षमा गहन प्रस्तुति तथा छलफल गरिएको थियो। शाखा प्रमुखले सहकारीहरूको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्दै बैंकको सहकार्य अझ सुदृढ बनाइने बताए।
क्लबका सचिवले सहकारीहरूको समस्या, सरोकार र तालिम आवश्यकताका विषयमा विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन प्रदीप कुमार लोहारले गरेका थिए। सहभागीहरूले कार्यशालालाई अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रेरणादायक अनुभूति गरेका छन्।
क्लबले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै सहकारी क्षेत्रको दक्षता, पारदर्शिता र स्थायित्वमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।