प्रणय साह,

पर्सा,५ जेष्ठ । बारा जिल्लाको परवानीपुर गाऊँपालिका वडा नम्बर ५ मा नाला निर्माणको काम अव्यवस्थित रुपले भईरहेकाले स्थानीयहरु मर्कामा परेका छन् । स्थानीय निकायको निर्वाचण लग्तै शुरु भएको विकास निर्माणको कामहरु सम्बन्धीत गाऊँपालिकाका जनप्रतिनिधिहरुको लापरवाहीका कारण गुणस्तरीय सडक पनी नासिदै गएको छ । परवानीपुर गाऊँपालिका ५ नैतनमा वडा अध्यक्ष रामेश्वर साह कलवारको निगरानीमा भईरहेको नाला निर्माणले स्थानीयवासिन्दाहरु मर्कामा परेका छन् । आफ्नै निकटलाई उपभोक्त समिति गठन गराई काम गराईरहेका वडा अध्यक्ष कलवारले कुनैपनी निर्माण कार्य गराउदाँ अपनाउनुपर्ने सावधानी तथा वैकल्पीक मार्गहरु समेत नबनाई अव्यवस्थित रुपले नाला निर्माण गराईरहेको प्रति स्थानीयहरु आक्रोशित बनेका छन् । यता वैकल्पीक बाटोको विषयमा कुरा गर्दा वडा अध्यक्ष कलवारले कुरा गर्न नमानि धम्कयाउने गरेको स्थानीय प्रविन गुप्ताले बताए । उनले भने गएराती परेको पानीले हिलाम्मे बनेको सडकका कारण पिडित बनिरहेको अवस्थामा समेत वडा अध्यक्ष गैरजिम्मेवार बन्दै उल्टै स्थानीयहरुलाई धमक्याउने गरेका छन् । झण्डै दुई दशकपछी स्थानीय जनप्रतिनिधि पाएका जनताले यसरी गैरजिम्मेवार जवाफ फर्काउदाँ पिडित बन्दै गएको छ । नेपाल सरकारले सिंहदबारको सेवा सुविधा हरेक टोल टोलमा सर्वसुल्भ तरिकाले पु¥याउने भनिएपनी जनप्रतिनिधिहरुले विकास निर्माणको नाममा सास्ती दिने गरेको एक यात्रु उमेश साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय