वीरगन्ज, वैशाख २९।
वीरगन्ज महानगरपालिका–८ का बासिन्दा तथा अर्थविद् डा. मनोज कुमार सरार्फ आज एक समारोहका बीच जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

अर्थशास्त्रमा विद्यावारिधि (PhD) तथा कृषि विज्ञानमा स्नातक गरेका डा. सरार्फले विगत २५ वर्षदेखि प्लान इन्टरनेशनल, स्ट्रीट चाइल्ड अफ नेपाल लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा उच्च पदमा रही सामाजिक कार्यमा योगदान दिएका छन्।

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित स्वागत कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रम्भा मिश्र, प्रदेश सदस्यद्वय बृजेश्वर प्रसाद चौधरी र राजनारायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, नेता रामजी रौनियार, गगन देव यादव, ध्रुप महतो, हीरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै डा. सरार्फले आफ्नो अनुभव र सीपमार्फत जनमत पार्टीलाई संस्थागत रुपमा मजबुत बनाउँदै पर्सा जिल्लाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय