वीरगन्ज, ७ जेठ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँमा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा भगन माझीका १५ वर्षीय छोरा शिवशंकर माझी रहेका छन्।
स्थानीय प्रहरीका अनुसार, शिवशंकर बिहान करीब ४ बजे घरमै सुतिरहेको अवस्थामा अचानक चट्याङ परेको थियो। चट्याङ लागेपछि उनी सास फेर्न गाह्रो भएको भन्दै घरबाट बाहिर निस्किएर करिब १४–१५ कदम हिँडेपछि लडेर बेहोस भएका थिए।
घटनापछि गाउँका स्वास्थ्यकर्मीले तत्कालै चेकजाँच गर्दा शिवशंकरको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
शिवशंकरको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। अप्रत्याशित रुपमा भएको यो घटनाले गाउँमा शोकको वातावरण छाएको छ।
सुरक्षा सावधानीको अभाव तथा चट्याङका जोखिमबारे चेतनाको कमीले यस्तो घटना दोहोरिन सक्ने भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय