वीरगञ्ज, १३ असार ।

सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धि गर्न तीन दिने तालिम कार्यक्रम वीरगञ्जको बृन्दावन होटेलमा सुरु भएको छ। नेपाल आजतक मिडिया प्रालिको आयोजनामा तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा सुरु भएको सो तालिममा वीरगञ्जका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।
उद्घाटन सत्रको सभाध्यक्षता नेपाल आजतक मिडियाका प्रबन्ध निर्देशक विनोद पटेलले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी रहनुभयो।
कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, सञ्चारकर्मी श्याम पासवान, शुशमा गौतम, निलिमा पौडेललगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।


प्रमुख अतिथि अशोक तिवारीले पत्रकारिता क्षेत्रको हालको अवस्था प्रति चिन्ता व्यक्त गर्दै यसमा फैलिएको विकृति र विसंगतिलाई सुधार्न सशक्त र जिम्मेवार पत्रकारको आवश्यकता रहेको बताए। उनले यस्ता तालिमहरूले पत्रकारलाई पेशागत निष्ठा, आचारसंहिता र व्यावसायिक क्षमतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
तीन दिनसम्म चल्ने तालिममा पत्रकारिताका मूल तत्व, आचारसंहिता, तथ्य परीक्षण, डिजिटल सुरक्षा, र आधुनिक सञ्चार प्रविधिको प्रयोग जस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
यो कार्यक्रमले वीरगञ्ज र आसपास क्षेत्रका सञ्चारकर्मीहरूलाई अझ सशक्त र जिम्मेवार पत्रकारितातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय