पर्सा, १७ असार ।

गत असार ९ गते राति जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३१ स्थितबाट चोरी भएको मोटरसाइकलसहित एक जना मोटरसाइकल चोर पक्राउ परेका छन्।
वीरगञ्ज वडा नं.३१ कोनिया टोलस्थित बिजय पटेलको घर अगाडि रामज्ञा साहको नाममा दर्ता रहेको मधेश प्रदेश -०३-०३५ प ७७४५ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरी चौकी मिलनचोक पर्साबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा सो मोटरसाइकल फेला पारी एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नं.३२ निवासी वर्ष १९ का विध्यानन्द महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो।
महतोमाथि चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय