विरगञ्ज ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो २:३० बजे बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १८ स्थित बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर एकजना अन्दाजी ४० वर्षीया महिलालाई उद्धार गरेको छ । आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसक्ने उक्त महिलालाई आश्रममा लगेर सरसफाइ, नुहाइधुहाइ गरी डा. भरत गोईज्यूको निगरानीमा उपचार सुरु गरिने आश्रमले जनाएको छ ।
उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, स्वयम्सेवक सरोज बिक, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले र स्थानीय व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय