राम कुशवाहा वीरगंज २१ बैशाख ।
सिण्डिकेटपक्षधर यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव आज बिहानदैखि बारा पर्सा लगायत देशैभरि देखिएको छ । यता बिरगंजबाट चल्ने लामो दुरीका यातायत ठप्प रहेका छन भने छोटो दुरीका यातायत संचालनमा्रहेका छन।े सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले आज गाडी नचलाए पनि कम्पनीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन् । सरकारले ल्याएको यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका अनुसार दर्ता भएका यातायात प्रालिहरुले आफ्नो सेवालाई निरन्तरता दिएका हुन् । सरकारले आज गाडी नचलाउने यातायात व्यवसायीको रुट परमिट नै खारेज गरिदिने यसअघि नै निर्णय गरेको छ । सिन्डिकेटलाई कुनै पनि हालतमा फिर्ता लिन नसक्ने भन्दै सिन्डिकेटको पक्षमा आन्दोलन गर्नेको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको र विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गर्ने विभागको तयारी छ । सरकारले केही दिनअघि अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना निकालेको छ । गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीले गाडी चलाउन बन्द गरेपछि सरकारले आज क्यू फ्री गरेको हो । यात्रुको बढी चाप रहेको ठाउँमा गाडी चलाउन तथा तोकिएभन्दा बढी भाडा नलिन विभागले आग्रह गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times